नेपालमा कोरोना संक्रमण जित्नेहरू ९६.९ प्रतिशत
नेपालमा कोरोना संक्रमण जित्ने बिरामी ९६ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज २९ : नेपालमा कोरोना संक्रमण जित्ने बिरामी ९६ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म सात लाख ७९ हजार नौ सय ३१ जनाले संक्रमण जितेर निको भइसकेका छन् ।
हालसम्म आठ लाख चार हजार पाँच सय १६ जनामा पीसीआर परीक्षणमार्फत कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, एन्टिजेन परीक्षणबाट ९३ हजार तीन सय ४५ जनामा संक्रमण पाइएको थियो ।
हालसम्म ४३ लाख १२ हजार चारसय १२ जनाको पीसीआर परीक्षण गरिएको छ । एन्टिजेन परीक्षण गर्नेहरूको संख्या ६ लाख २९ हजार आठ सय २२ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने प्रतिशत एक दशमलव चार छ । हालसम्म ११ हजार दुई सय ७७ जनाले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ । अहिले देशभर १३ हजार तीन सय आठजना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










