६४ लाख ६९ हजार १५९ लाई कोभिडविरुद्ध पूर्ण खोप
नेपालमा हालसम्म ६४ लाख ६९ हजार १५९ जनालाई कोभिड–१९ विरुद्ध पूर्ण खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज २९ : नेपालमा हालसम्म ६४ लाख ६९ हजार १५९ जनालाई कोभिड–१९ विरुद्ध पूर्ण खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार त्यो भनेको कुल जनसंख्याको २९ दशमलव सात प्रतिशत हो । यस्तै, ८३ लाख ८८ हजार ४०२ जनालाई कोभिडविरुद्ध पहिलो डोज खोप दिइएको छ । त्यो भनेको कुल जनसंख्याको ३८ दशमलव ६ प्रतिशत हो ।
नेपालमा अहिले १३ हजार तीन सय आठजना सक्रिय संक्रमित छन् । तीमध्ये तीन सय सातजना सघन उपचार कक्षमा उपचाररत छन् । एक सय एकजना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
सबैभन्दा बढी १२ हजार दुई सय ५० संक्रमित होम आइसोलेसनमा छन् । यस्तै, संस्थागत आइसोलेसनमा एक हजार ५८ र क्वारेन्टिनमा दुई सय ३१ जना छन् ।
प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










