कोरोना अपडेट : २७२ नयाँ संक्रमित, ७७७ जनाले जिते संक्रमण
पछिल्लो २४ घण्टामा दुई सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौं, असोज २९ : पछिल्लो २४ घण्टामा दुई सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षणमा दुई सय ४० र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा चार हजार सात सय १२ वटा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा कोरोना संक्रमणका कारण आठजनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार तीन सय आठ छ ।
प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










