पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

काठमाडौं, असोज २९ : अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन्।
बिबिसीका अनुसार क्यालिफोर्नियास्थित एक अस्पतालमा उपचारका लागि क्लिन्टनलाई दुई दिनअघि भर्ना गराइएको हो। ब्लिन्टनका प्रवक्ता एन्जेल उरेनियाका
क्लिन्टनलाई युसी इरबिन मेडिकल सेन्टरमा भर्ना गरिएको छ। अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ। क्लिन्टनलाई के समस्या भएको भन्नेबारे केही बताइएको छैन।
तर ७५ वर्षीय क्लिन्टन मुटुसँग सम्बन्धित बिरामी रहेको बिबिसीले जनाएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनमा एन्टिबायोटिक्स र फ्ल्ुइड्स दिइएको जनाएका छन्।
डाक्टरले भने, ‘दुई दिनको उपचारपछि सेतो रक्तकण (डब्लुबिसी) कम भइरहेको छ र उनीमाथि एन्टिबायोटिक्स औषधिको असर भइरहेको छ।’
अस्पतालका डाक्टरले न्युयोर्कमा बिल क्लिन्टनको मेडिकल टिम र कार्डियोलोजिस्टसँग पनि सम्पर्क गरिरहेका छन्। उनीहरुले क्लिन्टन चाँडै घर जान सक्ने बताएका छन्।











