Kathmandu Press

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

काठमाडौं, असोज २९ : नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारीअनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्।सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको...
नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

काठमाडौं, असोज २९ : नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारीअनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्।

सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन्। जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन्।

Hardik ivf

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ। अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो।

यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ। उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ। 

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ।

नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन्। सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ। 

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्