Kathmandu Press

चिनियाँ राजदूत यान्छीले सहकर्मीलाई लगाइदिइन् टीकाजमरा 

काठमाडौं, असोज २९ : नेपालका लागि चिनिया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरुलाई दसैंको टीका र जमरा लगाइदिएकी छन्।सामाजिक सञ्जालमार्फत उनले दसैं मनाइरहेका तस्बिरर सार्वजनिक...
चिनियाँ राजदूत यान्छीले सहकर्मीलाई लगाइदिइन् टीकाजमरा 

काठमाडौं, असोज २९ : नेपालका लागि चिनिया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरुलाई दसैंको टीका र जमरा लगाइदिएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले दसैं मनाइरहेका तस्बिरर सार्वजनिक गरेर खुसी साटासाट गरेकी छन्। सार्वजनिक गरिएको तस्बिरमा अरूलाई टीकाजमरा लगाइदिएकी उनी आफूले भने टीका लगाएको देखिएको छैन।

 ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु,’  राजदूत यान्छीले ट्विटरमा भनेकी छन्, ‘सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।’

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्