Kathmandu Press

भेनेजुएला निर्वाचनमा राष्ट्रसंघले विज्ञ पठाउने

संयुक्त राष्ट्रसंघ, असोज २९ : संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरु पठाउने भएको छ।सो कुरा संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। भेनेजुएलाको सो...
भेनेजुएला निर्वाचनमा राष्ट्रसंघले विज्ञ पठाउने

संयुक्त राष्ट्रसंघ, असोज २९ : संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरु पठाउने भएको छ।

सो कुरा संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो । त्यहाँ आगामी महिना आम निर्वाचन हुन लागेकोे छ। 

सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरुको टिम पठाउन लागिएको बताइएको हो। निर्वाचनको निष्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो। 

सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ। अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरु नै पठाउन लागेको हो। 

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, असोज २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्