Kathmandu Press

सञ्चारमन्त्री कार्कीले गरे टीका ग्रहण

काठमाडौं, असोज २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। पुल्चोकस्थित मन्त्रीनिवासमा आज (शुक्रबार) बिहान १० बजेर...
सञ्चारमन्त्री कार्कीले गरे टीका ग्रहण

काठमाडौं, असोज २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। 

पुल्चोकस्थित मन्त्रीनिवासमा आज (शुक्रबार) बिहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। 

सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए। कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ।

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्