Kathmandu Press

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं, असोज २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टीकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान १० बजेर...
प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं, असोज २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टीकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा. आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए।

प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए। 

यसपटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधारणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ। 

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्