Kathmandu Press

टिकाको उत्तम साइत १० बजेर २ मिनेटमा

काठमाडाैं, असाेज २९ : आज विजयादशमी । आफ्ना मान्यजनबाट टिका र जमरा लगाइ हर्षोल्लास मनाइँदै छ। दशैंको टिको उत्तम साइत बिहान १० बजेर...
टिकाको उत्तम साइत १० बजेर २ मिनेटमा

काठमाडाैं, असाेज २९ : आज विजयादशमी । आफ्ना मान्यजनबाट टिका र जमरा लगाइ हर्षोल्लास मनाइँदै छ। दशैंको टिको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा छ ।

नेपाल पञ्चाङ्ग निर्णायकका अनुसार  टिका लगाउनुअघि बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । बिहान नवदुर्गा पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिताको पूजा गरेर देवी विसर्जन गरेर टिका लगाउने गरिन्छ।


टिका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टिका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएकोछ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ ।

 

प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्