Kathmandu Press

राष्ट्रपतिद्वारा हात धुने दिवसको शुभकामना

काठमाडाैं, असाेज २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५...
राष्ट्रपतिद्वारा हात धुने दिवसको शुभकामना

काठमाडाैं, असाेज २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हानसमेत गरेकी छन्।

'आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ,' राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले सो सन्देशमा हाल विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरससमेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएको उल्लेख गरेकी छन्।

सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा हामीले विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । यस वर्षको विश्व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने रहेको छ । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना  फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

 

प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्