Kathmandu Press

राष्ट्र र जनताको हितमा काम गर्ने : सभामुख सापकोटा

सिन्धुपाल्चोक, असोज २८ : सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब...
राष्ट्र र जनताको हितमा काम गर्ने : सभामुख सापकोटा

सिन्धुपाल्चोक, असोज २८ : सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन्। 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज पुगेका सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे।  

एक प्रसङ्गमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए। खेल मैदानसहित सुविधा सम्पन्न दुई तले क्लब भवन निर्माणका लागि निर्वाचन विशेष कार्यक्रमअन्तर्गत सभामुखबाट २० लाख रुपैयाँ, बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ र गाउँपालिकाबाट पाँच लाख रुपैयाँसहित ५५ लाख रुपैयाँमा सम्पन्न भएको बताइएको छ। 

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्