Kathmandu Press

राष्ट्र बैंकको निर्देशनले बैंकमा ३० अर्बको संकुचन आउँछः बैंकर्स संघ

काठमाडौं, साउन २२ : नेपाल बैंकर्स संघले राष्ट्र बैंकले जारी गरेको परिपत्रले बैंक नै धरासायी हुने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएको....

राष्ट्र बैंकको निर्देशनले बैंकमा ३० अर्बको संकुचन आउँछः बैंकर्स संघ

काठमाडौं, साउन २२ : नेपाल बैंकर्स संघले राष्ट्र बैंकले जारी गरेको परिपत्रले बैंक नै धरासायी हुने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ। 

राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशनले बैंकमा पार्न सक्ने प्रभावबारे छलफल गर्न बुधबार बसेको संघको बैठकले बैंकिङ क्षेत्र र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने निष्कर्ष निकालेको हो। संघले परिपत्र तत्काल संशोधन गर्न आग्रहसमेत गरेको छ।

राष्ट्र बैंकले लागू गरेको स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पूँजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफामा २५ प्रतिशत अर्थात ३० अर्बले संकुचन आउने बैंकर संघले निष्कर्ष निकालेको छ। 

राष्ट्र बैंकले जारी गरेको औषत ब्याजदर गणना विधि असान्दर्भिक भएको बैंकर संघको ठहर छ। यसले बैंकहरुको मुनाफा मात्रै नभई कर्जा प्रवाह क्षमतामा पनि नकारात्मक असर पार्ने बैंकर संघले दाबी गरेको छ।

सेयर बजारको करिब ७५ प्रतिशत हिस्सा ओगटेको बैंकको शेयर मुल्यमा गिरावट आएर पूँजी बजारमा समेत नकारात्मक प्रभाव पर्न सक्ने बैंकर्स संघले जनाएको छ। 

यस्तै, काउन्टर साक्लिकल बफर अनुसार २ प्रतिशत पूँजी कोष वृद्धि गर्दा बैंकहरुको कर्जा क्षमतामा १५० अर्बले गिरावट आउने बैंकर्स संघको ठहर छ।
 

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, साउन २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्