Kathmandu Press

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर, असोज २८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी...
बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ : मुख्यमन्त्री भट्ट
Hardik ivf

कञ्चनपुर, असोज २८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताएका छन्।

प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एकापसमा खुसियाली साटासाट गर्ने अवसर प्रदान गर्ने बताएका छन्।
 
विश्वव्यापी रुपमा रहेको कोभिड–१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन उनले प्रदेशवासीलाई अपिल गरेका छन्।

बडादसैँले आपसी, समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुर्‍याउने शुभेच्छासमेत उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्