Kathmandu Press

सामाजिक न्यायसहितको विकास आजको आश्यकता : मन्त्री बराल

पोखरा, असोज २८ : गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री रामजीप्रसाद बरालले प्रदेशका बहुवर्षीय आयोजनाका कार्यक्रम स्रोत अभावले हाललाई स्थगित मात्र गरिएको जानकारी दिफसउ छन्। भरतपोखरी विकास...
सामाजिक न्यायसहितको विकास आजको आश्यकता : मन्त्री बराल

पोखरा, असोज २८ : गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री रामजीप्रसाद बरालले प्रदेशका बहुवर्षीय आयोजनाका कार्यक्रम स्रोत अभावले हाललाई स्थगित मात्र गरिएको जानकारी दिफसउ छन्। 

भरतपोखरी विकास मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अघिल्लो सरकारले ल्याएको बहुवर्षीय आयोजनाका बजेट काटिएको छैन्, बजेट अभावले हाल स्थगित मात्र गरिएको छ।’ मन्त्री बरालले सामाजिक न्यायसहितको विकास आजको आवश्यकता भएको पनि बताए। 

Hardik ivf

एमाले नेता रश्मी आचार्यले देश विकासमा साझा धारणाको आवश्यता औंल्याउँदै विकासमा विभाजित मानसिकताले देशलाई क्षति हुने धारणा राखे। एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले विकास सबैको साझा भएको बताउँदै यसमा सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिए।  

कार्यक्रममा विश्वविद्यालयका विभिन्न परीक्षाहरुमा उत्कृष्टता हासिल गर्ने भरत पोखरीका विद्यार्थीलाई सम्मान गरिएको थियो। लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी १ का गर्भनर विशेश्वर आचार्य, पत्रकार रामजीप्रसाद लम्साल, नेपाली कांग्रेसका बिजयराज आचार्यलगायतले कोरोना महामारी अझै रहेकाले स्वास्थ्य सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरे। 

मञ्चका अध्यक्ष डिल्लीराम बरालले पर्वहरुले सामाजिक सद्भाव र सहिष्णुता बढाउने भएकाले सबैले पर्वको महत्वलाई उजागार गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्