Kathmandu Press

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

साना, असोज २८ : यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ।केही दिनदेखि...
यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

साना, असोज २८ : यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ।

केही दिनदेखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ। सेनाले यहाँ बुधबार गरेको यस्तै कारबाहीमा परी नौ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ।

सो सेनाले यमनको मध्य क्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो। हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ।

मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ।

गत साता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जना भन्दा बढी हुथी मारिएका थिए।

मारिब प्रान्तमा पछिल्लो समयमा हुथी विद्रोहीले अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ।

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, असोज २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्