Kathmandu Press

बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

लन्डन, असोज २८ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ।बेलायती स्वास्थ्य अधिकारीहरुले बुधबार मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका...
बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

लन्डन, असोज २८ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ।

बेलायती स्वास्थ्य अधिकारीहरुले बुधबार मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन्।

उनीहरुले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताएका हुन्।

Hardik ivf

यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलो पटक ४२ हजार जना भन्दा बढी सङ्क्रमित देखिएका हुन्।

सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुद यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६ सय ७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ।

योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १ सय ३६ जनाको मृत्यु भएको छ।

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए।

योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब ७ हजारजना अझै पनि अस्पतालमै उपचाररत छन्।

यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।

त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्