जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन
टोकियो, असोज २८ : जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्।जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्।...
टोकियो, असोज २८ : जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्।
जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठकलगत्तै संसद विघटन भएको बताएका हुन्।
यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ।
त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ। सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किसिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसलगत्तै उहाँले अर्को आमनिर्वाचनको तयारी थालेका थिए।
किसिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए।
प्रधानमन्त्री किसिदाले जापानको आर्थिक मन्दिरमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन्।
उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन्।
उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गरेका छन्।











