हुम्लाका दलित समुदायलाई दसैँ मनाउन समस्या
हुम्ला, असोज २८ः हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य भएका उनीहरूलाई...
हुम्ला, असोज २८ः हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य भएका उनीहरूलाई दसैं मनाउन समस्या भएको हो।
दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ । ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे।
उनले भने, ‘म सधै कमाई गर्न भारत जान्थे । गत वर्ष र यस वर्ष कोरोना महामारीको डर लागेर जान पाइएन,’ उनले भने, ‘श्रीमतीको कानमा लगाउने आधा तोलाको सुनको गहना विक्री गरेर दसैँ मनाउने जोहो छु ।’
वर्षको एक पटक आउने चाड भएका कारण सबैको घरमा मीठो मसिनो खाएर रमाउने देखेर आफुले पनि घरमा जे जति भएको त्यहि सुनको गहाना विक्री गरेर दसैँ मनाउन लागेको उनको थियो। उनले भने, ‘रोजगारीका लागि भारत, चीन लगायतका देशमा गएर काम गरेर दसँै मनाउन पैसा कमाइन्थ्यो । यस वर्ष त्यसो हुन सकेन् ।’
यस्तो पीडा उनको मात्र नभई जिल्लाका अन्यको पनि उस्तै छ । सिमकोट गाउँपालिका वडा ६ का रामबहादुर सुनारले यस वर्षको दशैँ आर्थिक अभावका कारण मनाउन नसकिएको बताए।
दशैँमा निको नौलो, मिठो मसिनो खाने रहरमा राष्ट्रिय बाणिज्य बैंकमा सुन राख्न जाँदा बैंकले सुन नराखेपछि यस वर्षको दसैँ दसा जस्तै भएको उनको गुनासो छ । कोरोना कहरका कारण यहाँको हिल्सा नाका नखुलेपछि यस वर्ष खसिको मूल्य पनि यहाँ आकासिएको छ










