Kathmandu Press

साफपछि अलमुताइरीले राष्ट्रिय टिम छाड्ने

काठमाडाैं, असाेज २७: नेपाली राष्ट्रिष्य टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीले माल्दिभ्सका जारी साफ च्याम्पियनसिपपछि नेपाली टिम छाड्ने भएको छ।बंगलादेशलाई बराबरीमा रोक्दै नेपाललै पहिलो...
साफपछि अलमुताइरीले राष्ट्रिय टिम छाड्ने

काठमाडाैं, असाेज २७: नेपाली राष्ट्रिष्य टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीले माल्दिभ्सका जारी साफ च्याम्पियनसिपपछि नेपाली टिम छाड्ने भएको छ।

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाललै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए लगत्तै पत्रकार सम्मेलनमा अलमुताइरीले आफूले नेपाली टिमबाट यसअघि नै राजीनामा दिइसकेको बताएका छन्।

उनले साफ च्याम्पियनसिपपछि आफू माल्दिभ्सबाट नेपाल नर्फने पनि बताएका छन्। ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन,’ उनले भने ।

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले यी दिन आफूले धेरै तनावमा गुजारेको पनि बताए । साथै उनले जितमा आफू खुसी रहेको पनि बताए ।

 

 

प्रकाशित मिति: २१:४५ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्