Kathmandu Press

तास खेलिरहेको अवस्थामा सातजना पक्राउ

तास खेलिरहेको अवस्थामा सातजना पक्राउ

नवलपरासी (पूर्व), असोज २७ : विनयी त्रिवेणी गाउँपालिका–३ देउराली टाँडी बस्ने ५४ वर्षीय वेदप्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत सातजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले नगद १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ र ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्