Kathmandu Press

राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

संयुक्त राष्ट्रसंघ, असोज २७ : संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ।मालीमा यसअघि भएको शान्ति सम्झौताबमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन्।उक्त...
राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

संयुक्त राष्ट्रसंघ, असोज २७ : संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ।

मालीमा यसअघि भएको शान्ति सम्झौताबमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन्।

उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो। यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौताबमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन्। 

उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका हुन्।

महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार सो कुराको जानकारी दिएका हुन्। 

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गरेको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत जानकारी दिए।

मालीको सरकारले त्यहाँका पूर्वलडाकूहरुलाई करिब १३ हजारजनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनःस्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्नेगरी सम्झौता गरेका छन्।

मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ। सो विद्रोहले कैयौँ मानिसको ज्यान पनि गएको छ।

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, असोज २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्