Kathmandu Press

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी, असोज २७ : महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा बुधबार बिहान करिब एक बजेतिर दुर्घटना भएको हो । घटनामा ट्र्याक्टर चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिए ।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । जिल्ला अस्पताल बैतडी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ का राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । रासस

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्