असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठकमा सहभागी भई मन्त्री खड्का स्वदेश फिर्ता
सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार स्वदेश फर्केका छन्।
काठमाडौं, असोज २७ : सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार स्वदेश फर्केका छन् ।
गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका विदेशमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का २२ असोजमा बेलग्रेड गएका थिए । बेलग्रेडमा २५–२६ असोजमा असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै उनले उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए । असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा मन्त्री खड्काले २५ असोजमा सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: १२:२६ बजे, बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











