भारतमा थपिए १६ हजार कोरोना संक्रमित
काठमाडौं, असोज २७ : भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिएका छन् ।वल्डोमिटरको पछिल्लो विवरण अनुसार सो संख्या थपिएसँगै...
काठमाडौं, असोज २७ : भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिएका छन् ।
वल्डोमिटरको पछिल्लो विवरण अनुसार सो संख्या थपिएसँगै कुल संक्रमितको संख्या ३ करोड ४० लाख ५ सय पुगेको छ । यही अवधिमा २२ हजार ८५० जना संक्रमणमुक्त भएका छन् ।
यस सँगै त्यहाँ कोरोना निको हुनेको संख्या ३ करोड ३३ लाख ३५ हजार ३०१ जना पुगेको छ । यस्तै त्यहाँ थप २२९ जना संक्रमितको मृत्यु भएको छ ।
यस सँगै कुल मृतकको संख्या ४ लाख ५१ हजार २२० जना पुगेको छ । भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख १३ हजार ९७९ रहेको छ ।
प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











