Kathmandu Press

नवनियुक्त फ्रान्सेली राजदूतले भेटे नेकपा(एस)का अध्यक्ष नेपाललाई

काठमाडौं, असोज २६ : नेपालका लागि नव नियुक्त फ्रान्सेली राजदूत गिल्स बौर्बाओले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका...
नवनियुक्त फ्रान्सेली राजदूतले भेटे नेकपा(एस)का अध्यक्ष नेपाललाई

काठमाडौं, असोज २६ : नेपालका लागि नव नियुक्त फ्रान्सेली राजदूत गिल्स बौर्बाओले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन्। 

पूर्वप्रधानमन्त्री तथा नेपाल फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजकसमेत रहेका नेपाललाई पार्टीको केन्द्रीय कार्यालय, आलोकनगर, काठमाडौंमा भेट गरेका हुन्।

भेटका क्रममा अध्यक्ष नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए,भने फ्रान्सेली राजदूतले नेपाल आउन पाउॅदा खुसी लागेको बताए। उनले आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने कुरा बताए। 

भेटका अवसरमा नेपाल फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको छ।

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्