Kathmandu Press

भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पा, असोज २६ : रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन्। रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६...
भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पा, असोज २६ : रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन्। रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए। 

‘हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो,’ सुवेदीले भने। उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन्। प्रनाउ सुवेदीले भने, ‘राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ।’ 

पारिवारिक विवादका कारण हत्या गरेको बताइएको छ। कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए। मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन्। मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ। दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ। मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ। 

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्