गोरखामा जिप दुर्घटना, १४ घाइते
गोरखाको गण्डकी गाउँपालिका–८ मा मंगलबार जिप दुर्घटना भएको छ ।
काठमाडौं, असोज २६ : गोरखाको गण्डकी गाउँपालिका–८ मा मंगलबार जिप दुर्घटना भएको छ ।
घटनामा १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बेनिघाटबाट माझीटार जाँदै गरेको बा२०च ४४०० नम्बरको जिप दुर्घटनामा परेको हो । घाइतेमध्ये सातजनालाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।
चालकसहित सामान्य अवस्थाका थप सात घाइतेको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक मनोज माझीको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











