Kathmandu Press

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँ अवलोकन

नेपाली सेनाद्वारा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँ अवलोकन
फाइल तस्बिर

काठमाडौं, असोज २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन् ।

नेपाली सेनाद्वारा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् ।

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्यान्डबाट मालश्री र दुर्गा स्तोत्रका धुन प्रस्तुत भयो । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी थिए ।

मन्त्रीहरू, संवैधानिक निकायका प्रमुुख, सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकाय प्रमुुखलगायत समारोहमा उपस्थित थिए ।

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्