मोतीपुरमा लगाइएको कर्फ्यू मध्यरातपछि हट्दै
बुटवल उपमहानगरपालिकाको मोतीपुरमा जिल्ला प्रशासन रुपन्देहीले जारी गरेको कर्फ्यू मंगलबार मध्यरातदेखि हटाइने भएको छ ।
काठमाडौं, असोज २६ : बुटवल उपमहानगरपालिकाको मोतीपुरमा जिल्ला प्रशासन रुपन्देहीले जारी गरेको कर्फ्यू मंगलबार मध्यरातदेखि हटाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन् । मोतीपुर क्षेत्रमा २४ असोज अपराह्न ४ बजेदेखि कर्फ्यु जारी गरिएको थियो ।
बुटवल–१७ र १८ मा निर्माणाधीन औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाम लिँदै टहरा बनाउने समूह र प्रहरीबीच गत शनिबार झडप भएको थियो । त्यस क्रममा प्रहरीको गोली लागी चार प्रदर्शनकारीको मृत्यु भएको थियो । घटनामा प्रहरीसहित ७० जना घाइते भएका थिए ।
कर्फ्यू जारी गरिएको तेस्रो दिनमा स्थिति सामान्य अवस्थामा फर्किन थालेपछि हटाउन लागिएको प्रशासनको भनाइ छ ।
प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











