‘निजगढमा विश्वकै सुन्दर र उत्कृष्ट विमानस्थल बनाउन आएको हुँ’
काठमाडौं, साउन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सुन्दर र उत्कृष्ट विमानस्थल बनाउ....

काठमाडौं, साउन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सुन्दर र उत्कृष्ट विमानस्थल बनाउने घोषणा गरेका छन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मुख्य ध्यान गएको उनको भनाइ थियो। सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प नखोजिने स्पष्ट पारेका छन्। निजगढ विमानस्थल निर्माणमा दुई वटा कुरा उठेको उनले बताए। पहिलो स्थानीयको व्यवस्थापन र अर्को रुख कटानको विषयमा पनि विभिन्न टिप्पणी उठेको बताए।
वातावरणलाई विनाश र विध्वंस गर्न नआएको बताउँदै मन्त्री भट्टराईले भने, ‘वातावरण विनाश गर्न आएको होइन, निजगढमा विश्वकै सुन्दर र उतकृष्ट विमानस्थल बनाउन आएको हुँ।’ अहिले कति रुख कटान हुन्छ भन्ने कुरा नआएको बताउँदै आएपछि बैकल्पिक रुख रोप्ने काम अगाडि बढाउने सहमति गर्ने उनको भनाइ छ।
निजगढ विमानस्थल निर्माणमा प्रदेश सरकार केन्द्रमा सर्वदलीय सहमति खोजिने बताए। ‘यो विमानस्थल निर्माण रोकिँदैन अब अगाडि बढ्छ,’ मन्त्री भट्टराईले भने, ‘विमानस्थल निर्माणमा सबैभन्दा चासो लगानीको रहेकोले लगानी बोर्डमा यो विषय छलफल गरेर टुंग्याइने छ।’
सन् २०१९ मा नै विमानस्थल शिलान्यास गरिने मन्त्री भट्टराईको भनाइ छ।










-1754206481.jpg)
