Kathmandu Press

तालिबानलाई महिला, बालिकाको अधिकार पालनाको वाचा पूरा गर्न आग्रह

तालिबानलाई महिला, बालिकाको अधिकार पालनाको वाचा पूरा गर्न आग्रह

न्युयोर्क, असोज २६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन्।

महासचिव गुटेरेसले भनेका छन्, ‘तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा अफगान नागरिकहरू (महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु) को अधिकारको रक्षा गर्ने वाचा गरेका छन्। त्यो पूरा हुनुपर्छ।’

गुटेरेसले भनेका छन्, ‘म तालिबानलाई दृढतापूर्वक अपिल गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस् ।’

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, असोज २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्