Kathmandu Press

बढ्यो चारपाङ्ग्रेको आयात

काठमाडौं, असोज २६ : दसैंतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जिप, कार र भ्यान) को आयात बढेको पाइएको छ। गत वर्ष चाडपर्वमा  कोभिड-१९ को सङ्क्रमण...
बढ्यो चारपाङ्ग्रेको आयात

काठमाडौं, असोज २६ : दसैंतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जिप, कार र भ्यान) को आयात बढेको पाइएको छ। 

गत वर्ष चाडपर्वमा  कोभिड-१९ को सङ्क्रमण कायमै थियो । अहिले कोभिड–१९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो। 

Hardik ivf

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ।

सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कुल ५ अर्ब २२ करोड  ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। असोजमा पनि यस्ता सवारीसाधन भित्रिने सङ्ख्या धैरै रहेको देखिन्छ। 

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटो हुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ। 

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए। सो कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रिएको देखिन्छ।

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्