Kathmandu Press

रोकिएको महाधिवेशन प्रक्रिया तिहारलगत्तै सुरु हुन्छ : महामन्त्री कोइराला

चितवन, असोज २६ : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन्।आज चितवनमा...
रोकिएको महाधिवेशन प्रक्रिया तिहारलगत्तै सुरु हुन्छ : महामन्त्री कोइराला

चितवन, असोज २६ : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन्।

आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहारलगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताए।
 
उनले भने, ‘तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ। अब सार्ने अवस्था छैन। महाधिवेशन समायमानै गर्नुपर्छ।’ १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए।
 
महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए। उनले भने, ‘छलफल भइरहेको छ। संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौं।’ आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको बताए।
 
फरक प्रसंगमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाइ थियो। उनले भने, ‘अहिलेको सरकार गठबन्धनको सरकार हो। यसले पूर्णता पाएको छ। अब राम्रो काम गर्छ।’

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्