Kathmandu Press

तीन विद्यार्थी संगठनकाे आरोप : माेतीपुर घटनाको मुख्य कारण ओली र पाैडेल

काठमाडौं, असोज २६ : सत्तारुढ तीन दलनिकट विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्।माओवादी...
तीन विद्यार्थी संगठनकाे आरोप : माेतीपुर घटनाको मुख्य कारण ओली र पाैडेल

काठमाडौं, असोज २६ : सत्तारुढ तीन दलनिकट विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज (सोमबार) संयुक्त विज्ञप्ति जारी गरेर घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न गरेका हुन्।

उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्नसमेत सरकारसँग आग्ह गरेका छन्।

माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपानिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा घटनाको मुख्य कारण यसअघिका प्रधानमन्त्री केपी ओली र त्यतिबेलाका अर्थमन्त्री विष्णु पौडेल रहेको आरोप लगाइएको छ।

एमालेका उपमहासचिवसमेत रहेका तत्कालीन अर्थमन्त्री पौडेलले गत फागुन २१ गते स्थानीयको विरोधका बाबजुद मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

१ सय ३३ विघा जग्गा औद्योगिक क्षेत्र स्थापना गर्ने भनिएको छ। तर जग्गा अधिग्रहण गरिनसकेको अवस्थामै राज्य शक्तिको दुरुपयोग गरी त्यहाँ बसोबास गरिरहेका जनतालाई लखेटने दुस्साहसको परिणाम मोतिपुर क्षेत्र रणमैदान भएको ठहर विद्यार्थी संगठनहरुले गरेका छन्।

आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासीलाई जबर्जस्ती प्रहरीले हटाउन  खोजेपछि झडप भएको थियो। त्यसक्रममा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्