Kathmandu Press

मध्य भोटेकोसी आइपिओका लागि झन्डै २४ लाखजनाको आवेदन

काठमाडौं, असोज २६ : मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपिओमा निर्धारित समयको अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २३ लाख ९३ हजार ४ सय २८...
मध्य भोटेकोसी आइपिओका लागि झन्डै २४ लाखजनाको आवेदन

काठमाडौं, असोज २६ : मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपिओमा निर्धारित समयको अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २३ लाख ९३ हजार ४ सय २८ जनाले आवेदन दिएका छन्। 

ती आवेदनमार्फत कुल ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयर माग गरिएको  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ४.१९ गुणाले बढी हो।  

प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओका लागि कम्पनीले असोज २० गतेदेखि बिक्री खुलाएको थियो।

तीमध्ये ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, असोज २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्