Kathmandu Press

‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमकाे भनाइ

सियोल, असोज २६ : उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक ‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने...
‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमकाे भनाइ

सियोल, असोज २६ : उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक ‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।

उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरियासँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन्।

Hardik ivf

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्षित छैन। उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नुहुँदैन।

किमले सोमबार ‘रक्षा विकास प्रदर्शनी’, ‘आत्मरक्षा-२०२१’ लाई  सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो। सो प्रदर्शनीमा केही नयाँ हतियारसहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइललगायत अत्यधुनिक हतियारहरू राखिएका थिए।

सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ। कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले ‘अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको’ जनाएका छन्।

उनले अमेरिकाले गलत निर्णय र कार्यद्यारा यस क्षेत्रमा तनाबको स्थिति सिर्जना गरिरहेको आरोप लगाएका छन्।

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्