डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते
डडेल्धुरा, असोज २६ : धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० स्थित राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते...
डडेल्धुरा, असोज २६ : धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० स्थित राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा ६ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।
बस ब्रेक फेल भएर आज (मंगलबार) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। बसमा ५०-६० यात्रु रहेकाे र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।
प्रकाशित मिति: १०:०३ बजे, मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











