Kathmandu Press

नवरात्रको सातौँ दिन : कालरात्रिको पूजा आराधना

नवरात्रको सातौँ दिन मंगलबार दसैंघर र पूजा कोठामा नवदुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रको सातौँ दिन : कालरात्रिको पूजा आराधना

काठमाडौं, असोज २६ : नवरात्रको सातौँ दिन मंगलबार दसैंघर र पूजा कोठामा नवदुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रिको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

प्राणीलाई कालले नष्ट गर्छ र काललाई भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने धार्मिक मान्यता छ । कालरात्रि कृष्ण वर्णकी हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । मंगलबार नै पूजा कोठा र दसैं घरमा फूलपाती भित्र्याइन्छ ।

प्रकाशित मिति: ०९:३३ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्