Kathmandu Press

सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २५ : सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन...
सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २५ : सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ४१५ जनाको नमूना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Hardik ivf

सत्ताइस जनामा आरटी पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा प्रदेशभर २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण  एक जनाको  मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरका ८० वर्षीया महिला रहेकी छन् ।  उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

प्रकाशित मिति: २०:२७ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्