सुरक्षा गार्डलाई गोली हानेर मोरङमा बैंक लुट्ने प्रयास, ३ जना नियन्त्रणमा
काठमाडौं, असोज २५ : मोरङमा लुटेराको समूहले बैंकका सुरक्षा गार्डलाई गोली प्रहार गरी बैंक लुट्ने प्रयास गरेका छन् । सोमबार दिउँसो करिब ४ बजेको...
काठमाडौं, असोज २५ : मोरङमा लुटेराको समूहले बैंकका सुरक्षा गार्डलाई गोली प्रहार गरी बैंक लुट्ने प्रयास गरेका छन् ।
सोमबार दिउँसो करिब ४ बजेको समयमा मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा भारतीय लुटेरा समूहले सिटिजन्स बैंक लुट्ने प्रयास गरेको हो। यद्यपी, उनीहरुको प्रयास भने असफल भएको प्रहरीले बताएका् छ ।
सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न आएको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा गार्डमाथि गोली प्रहार गरेर लुटपाट गर्न भित्र छिरेका थिए। गोली चलेपछि स्थानीय प्रहरी बैंकमा पुगेको थियो। प्रहरी पुगेपछि लुटेराहरु गोली चलाउँदै भागेका थिए। भाग्ने क्रममा ३ जनालाई नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए।
लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । यस्तै लुटेरा समूहका १ जना पनि गोली लागेर घाइते भएको छन्।











