Kathmandu Press

गण्डकी प्रदेशमा मन्त्री विश्वकर्माले लिए शपथ

काठमाडौं, असोज २५ : गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले...
गण्डकी प्रदेशमा मन्त्री विश्वकर्माले लिए शपथ

काठमाडौं, असोज २५ : गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन ।

यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेपछि चौतर्फी विरोध भएको थियो । 
 

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्