इजरायली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता हुँदै
जेरुसेलम, असोज २५ : इजरायली विदेशमन्त्री यायर लापिड सोमबार राति संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकी समकक्षीहरुसँग भेट गर्न वाशिंगटन प्रस्थान गर्दै छन्।विदेश...
जेरुसेलम, असोज २५ : इजरायली विदेशमन्त्री यायर लापिड सोमबार राति संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकी समकक्षीसँग भेट गर्न वाशिंगटन प्रस्थान गर्दै छन्।
विदेश मन्त्रालयका अनुसार तीन दिनको यात्राको क्रममा मन्त्री लापिडले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएईका विदेशमन्त्री सेख अब्दुल्लाह बिन जायद अल नाहयानसँग त्रिपक्षीय भेटवार्ता गर्नेछन्।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो सम्बन्धलाई सामान्यीकरण गर्न सहमति जनाएपछि यो वार्ता ‘प्रगति’मा केन्द्रित हुनेछ ।
साथै मन्त्री लापिडले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग छुट्टै भेटवार्ता समेत गर्नेछन्। मन्त्रालयले जनाएअनुसार मन्त्री लापिडले उक्त यात्राका क्रममा अमेरिकी उपराष्ट्रपति कमला हैरिस र सभामुख न्यान्सी पेलोसी साथै ग्रीसका विदेशमन्त्री निकोस डेन्डियासलाई पनि भेट्ने कार्यक्रम छ।











