Kathmandu Press

भाजपाद्वारा युपीका लागि ‘१०० दिनका १०० कार्यक्रम’

नयाँ दिल्ली, असोज २५ : भारतीय जनता पार्टी (भाजपा) ले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको...
भाजपाद्वारा युपीका लागि ‘१०० दिनका १०० कार्यक्रम’

नयाँ दिल्ली, असोज २५ : भारतीय जनता पार्टी (भाजपा) ले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ।

निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो। मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्वाकांक्षी कार्यक्रमहरुको  औपचारिक घोषणा भने पछि गरिने भएको छ। 

पार्टीका प्रभावशाली नेताहरुले ती कार्यक्रमहरुको प्रस्तावलाई अन्तिम रुप दिइसकेको स्रोतले जनाएको छ। प्रस्तावित कार्यक्रमहरुमा धेरैजसो कल्याणकारी कार्यक्रमहरु रहेको एक नेताले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्