Kathmandu Press

भारतमा एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै कम

नयाँ दिल्ली, असोज २५ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम देखिएको छ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक...
भारतमा एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै कम

नयाँ दिल्ली, असोज २५ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम देखिएको छ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

Hardik ivf

यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १९३ जनाको मृत्यु भएको जनाएको छ। योसँगै भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ।

महामारीबाट पछिल्लो समयमा सबैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ। केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६९१ जना सङ्क्रमित भएका छन्। 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ। यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्