२४ घन्टामा थपिए ७८५ संक्रमित, १२ जनाको मृत्यु
काठमाडौं, असोज २५ : पछिल्लो २४ घन्टामा देशभरिमा ७८५ जना कोरोना संक्रमित थपिएका छन्।७,२३२ जनामा गरिएको पिसिआर परीक्षणबाट ६६३ र ४,९६२ जनामा गरिएको एन्टिजेन...
काठमाडौं, असोज २५ : पछिल्लो २४ घन्टामा देशभरिमा ७८५ जना कोरोना संक्रमित थपिएका छन्।
७,२३२ जनामा गरिएको पिसिआर परीक्षणबाट ६६३ र ४,९६२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०२,८६१ जनामा र एन्टिजेन परीक्षणबाट ९३,११६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ८८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७६,८३१ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२४३ पुगेको छ।
अहिले देशभरिमा १४,८७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १३,६२२ जना होम आइसोलेसनमा र १,१६५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी ३१४ सजनको आईसियुमा उपचार भइरहँदा १११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।











