Kathmandu Press

घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, आठजना गम्भीर घाइते

पोखराबाट घान्द्रुकका लागि सोमबार दिएँसो हिँडेको ग१ज ६९०० नम्बरको बोलेरो जिप कलाभीर भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, आठजना गम्भीर घाइते

कास्की, असोज २५ : पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जिप आज अपराह्न दुर्घटनामा परेको छ।

पोखराको हरिचोकबाट छुटेको ग१ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकांशको मृत्यु भएको छ। एक जनाको उद्धार जारी रहेको बताइन्छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए।

उनले भने, ‘दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला।’ घटनाको विस्तृत विवरण आउन बाँकी छ।

स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिए। जिप रिजर्भ गरेर घुम्न आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए। 

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्