मोतीपुर घटना : मृतकका परिवारलाई एकएक लाख दिइने
बुटवल, असोज २५ : रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेबास गर्नेहरू र प्रहरीबीच आइतचबार भएको झडपमा मृत्यु भएका चारजनाका परिवारलाई राहतस्वरूप एकएक लाख रूपैयाँ...बुटवल, असोज २५ : रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेबास गर्नेहरू र प्रहरीबीच आइतचबार भएको झडपमा मृत्यु भएका चारजनाका परिवारलाई राहतस्वरूप एकएक लाख रूपैयाँ दिइने भएको छ।
लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई एकएक लाख रूपैयाँ दिने निर्णय गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार सुरक्षा समितिको बैठक राखेर मृतकका परिवारलाई एक-एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन्।
मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुझाव कार्यदल बनाउन रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।
दुवै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि मुख्यमन्त्री केसीले बताएका छन्। मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चारजनाको मृत्यु भएको थियो।झडपमा परी ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए।
तनाव शान्त हुने सिथति नदेखिएपछि स्थानीय प्रशासनले अर्को आदेश जारी नभएसम्मका लागि मोतीपुर क्षेत्रमा कर्फ्यु लगाएको छ। जग्गा कब्जा गर्नेहरूले प्रहरीमाथि ढुंगामुढासँगै प्रेट्रोल बम प्रहार गरेपछि प्रहरीले पनि गोली हानेको जनाइएको छ।











