सेप्टेम्बरको ‘आइसिसी प्लेयर अफ दी मन्थ’ बने सन्दीप
काठमाडौं, असोज २५ : नेपालका स्पिनर सन्दीप लामिछानेले सेप्टेम्बरको ‘आइसिसी प्लेयर अफ दी मन्थ’ अवार्ड जितेका छन्।सन्दीपले बंगलादेशका बायाँ हाते अर्थेडक्स नासुम अहमद...
काठमाडौं, असोज २५ : नेपालका स्पिनर सन्दीप लामिछानेले सेप्टेम्बरको ‘आइसिसी प्लेयर अफ दी मन्थ’ अवार्ड जितेका छन्।
सन्दीपले बंगलादेशका बायाँ हाते अर्थेडक्स नासुम अहमद र अमेरिकाका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै आइसिसी प्लेयर अफ दी मन्थ फर सेप्टेम्बर अवार्ड जितेका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भोटिङका आधारमा साे घोषणा गरेको हो।
सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ओमान भ्रमणमा पिएनजीसँग दुई र आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमान र अमेरिकाविरुद्ध समान दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए।
प्रकाशित मिति: १५:२६ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











