Kathmandu Press

प्रतिनिधिसभामा रेल्वे विधेयक फिर्ता, कात्तिक ९ सम्म बैठक स्थगित

काठमाडौं, असोज २५ : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुले नाराबाजी गरे।  लामो समयदेखि सदनमा नियमित नाराबाजीसहित अवरोध गर्दै एमालेले पार्टीद्वारा कारबाही गरिएका...
प्रतिनिधिसभामा रेल्वे विधेयक फिर्ता, कात्तिक ९ सम्म बैठक स्थगित

काठमाडौं, असोज २५ : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुले नाराबाजी गरे।  

लामो समयदेखि सदनमा नियमित नाराबाजीसहित अवरोध गर्दै एमालेले पार्टीद्वारा कारबाही गरिएका १४ सांसदलाई कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस गर्नुपर्ने माग गर्दै आएको छ। 

एमाले अवरोधका बीच पनि अघि बढाइएकाे बैठकमा  रेल्वे विधेयक-२०७८ फिर्ता लिएको छ।

यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएकाले सोमबारकै राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएको थियो।

रेल्वे विधेयक फिर्ता भएलगत्तै सभामुख सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरे।

 

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्